गौतमबुद्ध विमानस्थल नजिकै बम विस्फोट

37

भैरहवा, असोज २१

भैरहवाको गौतमबुद्ध विमानस्थलको नजिकै आज बिहान शक्तिशाली विस्फोटक पदार्थसहितको बम विस्फोट भएको छ। विमानस्थल नजिकै रहेको घाग्रा खोलाको पुलमा पेट्रोल, डिजेललगायतका विस्फोट हुने सामग्री टायरमा बेरेर विस्फोट गराइएको रुपन्देही प्रहरीले जनाएको छ। विस्फोटको आवाज तीन/चार किलोमिटर वरपरसम्म सुनिएको स्थानीयवासीले बताएका छन् । विस्फोटबाट स्थानीयवासीमा त्रास उत्पन्न भएको छ ।

विस्फोट किन र कसले गरायो भन्ने यकिन नभए पनि जनतालाई आतङ्कित पार्ने उद्देश्यले यो घटना घटाइएको हुनसक्ने रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङको अनुमान छ । विस्फोटक पदार्थ ठूलो आवाज आउने किसिमको भए पनि त्यसले कुनै पनि मानवीय तथा भौतिक क्षति नगराएको प्रहरीले जनाएको छ ।

Womui
Womui