‘चाडै नयाँ शक्तिको जन्म हुन्छ’ : बाबुराम

68

नेपालगन्ज, असोज २१–

पुर्बप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा चाडै नयाँ शक्ति जन्मने बताएका छन् । त्यस्तो शक्तिको खोजीमा आफु लगायत मुलुकको समृद्धी र विकास चाहने व्यक्ति सामेल हुने उनले खुलाए । नेपालगन्ज बिमानस्थलमा बिहीबार बिहान आयोजित पत्रकार भेटघाटमा एमाओबादी परित्याग गरेका नेता भट्टराईले मुलुकमा अब विकास र समृद्धि आवश्यक रहेको र नयाँ शक्तिले नै मुलुकलाई अगाडी बढाउने दाबी गरे ।

पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई ।             फाईल तस्बिर : छिनछिन खबर
पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई । फाईल तस्बिर : छिनछिन खबर

सञ्चारकर्मीको प्रश्नमा उनले भारतको नाकाबन्दीविरुद्ध सबै शक्तिले डटेर मुकाबिला गर्नुपर्ने बताए । दुई सय वर्षदेखि नै भारतले नेपालमाथि हैकमवाद लात्दै आएको उनको जिकिर छ । ‘नाकाबन्दी भारतको हैकवाद हो, यसको मुकाबिला गर्न सबै राष्ट्रिय शक्ति एकजुट हुनुको विकल्प छैन,’ भट्टराईले भने । लामो प्रयासपछि मुलुकले नयाँ संविधान पाएको बताउँदै भट्टराईले संविधान निर्माणको महत्वपुर्ण अभिभारा पुरा गर्न आफु पनि सफल भएको दाबी गरे । संविधानमा अझैपनि मधेस, थारु र आदीवासी जनजातीका माग समेट्नुपर्ने आवश्यकता औल्याउँदै उनले यिनीहरुको अधिकार स्थापित गराउन आफु मधेस दौडाहामा निस्केको जानकारी दिए । पश्चिम तराईमा थारु, मधेसीका कार्यक्रममा सहभागि भएर भट्टराई बिहीबार बिहान राजधानी फर्किएका छन् ।

Womui
Womui