नाकाबन्दीबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराएको दाबी

55

काठमाडौं, असोज २१–
भारतले गरेको अघोषित नाकाबन्दीबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराएको नेपाल सरकारका एक मन्त्रीले दाबी गरेका छन् । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा छँदा भारतले नेपाललाई लगाएको नाकाबन्दीबारे विभिन्न अन्तराष्ट्रिय समुदायलाई जानकारी गराएको बताएका हुन् । नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले गरेको नाकाबन्दी र त्यसका कारण उत्पन्न खाद्यान्न र पेट्रोलियम पदार्थको संकटबारे राष्ट्रसंघका महासचिव बान की मुन, राष्ट्रसंघीय एजेन्सीहरू, अमेरिका, चीनलगायत मुलुकलाई कूटनीतिक रूपमा जानकारी गराइएको परराष्ट्रमन्त्री पाण्डेले बताए । mahendra
संयुक्त राष्ट्रसंघीय एजेन्सीका अधिकारीसँग भएका बहुपक्षीय र द्विपक्षीय छलफल तथा भेटवार्ता र साउथसाउथ कोअपरेसनको बैठकलगायत मञ्चहरूका नेपालले अहिले भोगिरहको समस्याबारे अवगत गराएको उनले बताए । संविधानप्रति असन्तुष्ट मधेसी दलहरूको मुद्दालाई मात्रै आधार बनाएर भारतले अहिले नाकाबन्दी गर्दा आपूर्ति व्यवस्था ठप्प हुन गएकोबारे अन्तराष्ट्रिय समुदायलाई अवगत गराइएको जिकिर गरे ।

Womui
Womui