विश्वका होचा डाँगीको हिन्दु परम्परा अनुसार अन्त्यष्टी

85

नेपालगन्ज, असोज २१–
अमेरिकामा निधन भएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको अन्त्यष्टी गरिएको छ । डाँगीको जन्मस्थल सल्यानमा अन्त्यष्टी गरिएको हो । सल्यान, कालिमाटी–८ टाट्केघाटमा हिन्दू परम्परा अनुसार अन्त्यष्टी गरियो । अमेरिकाको एक सर्कस कम्पनीमा प्रर्दशनीका लागि डाँगीलाई लगिएको बेला मृत्यु भएको थियो ।
imgres
झण्डै एक महिना पछि डाँगीको शव नेपाल आएको हो । काठमाडौमा ल्याएपछि सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले डाँगीको पार्थीब शरिरमा राष्ट्रिय झण्डा ओढाएर सरकारका तर्फबाट सम्मान गरेका थिए । निधनको ३२ दिनपछि जन्मस्थलमा ल्याएर डाँगीका गाउँले र सुभचिन्तकहरुले अन्त्यष्टी गरेका छन् । सल्यानमा जन्मिएपनि पछि दाङ, पुरन्धारामा बस्दै आएका ७३ बर्षीय डाँगीले २०६८ सालमा गिनिजबुकमा बिश्वकै होचा व्यक्तिको रुपमा नाम लेखाउन सफल भएका थिए ।

Womui
Womui