कानुन फेरेरै ‘अपराधी’ छाड्ने तयारी

36

काठमाडौ, असोज २१-

संविधानसभाबाट संविधान जारी भएको अवसरमा सरकारले कानुन फेरेरै विभिन्न अपराधमा जेल थुनिएका अपराधी छाड्ने तयारी गरेको छ । अपराधको प्रकृतिअनुरुप ज्यानसम्बन्धी मुद्दामा समेत माफी दिन सकिने गरी कानुन संशोधनको तयारी गरिएको छ । सरकारले ठूलो परिमाणमा कैदी छाड्ने प्रयोजनका लागि महान्यायाधिवक्ता कार्यालयको रायअनुरुप अपराधमा माफी दिने तयारी गरेको हो । उक्त कार्यालयले कानुनमा केके संशोधन गर्ने भनेर प्रतिवेदन दिन नायब महान्यायाधीबक्ता बद्रिप्रसाद गौतमसहित पाँच सदस्यीय अध्ययन टोलीसमेत गठन गरेको थियो । टोलीको प्रतिवेदनअनुरुप सजाय, माफी, मुल्तबी, परिवर्तन वा कम गर्न बाधक रहेको नियम–कानुनका प्रावधानमा संशोधन गर्न लिखित रुपमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई राय पठाइएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Womui
Womui