प्रधानमन्त्रीका लागि काँग्रेसभित्र तिव्र प्रतिस्पर्धा

48

काठमाडौं, असोज २१–
पार्टीका तर्फबाट नयाँ सरकारको नेतृत्व दाबी कसले गर्ने, भन्ने विषयमा नेपाली काँग्रेसभित्र तिव्र प्रतिस्पर्धा सुरु भएको छ । यसैक्रममा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवापक्षले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन पार्टी सभापति सुशील कोइरालालाई दबाब दिने तयारी गरेको छ । देउवानिकट नेताहरूको हिजो साँझ बसेको बैठकले संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अघि बढे उपसभापति पौडेललाई उछिन्ने निष्कर्ष निकालेको छ ।
office nc
सभापति कोइराला नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने पक्षमा रहे त्यसका लागि पनि दलको निर्वाचन हुनुपर्ने देउवा पक्षले अडान लिएको छ । केन्द्रीय समितिबाट आफूलाई पुनः अनुमोदन गराएर कोइराला आफैँ प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेको देउवानिकट नेताहरुको बुझाइ छ । उ क्त भेलाले सत्ता साझेदार नेकपा (एमाले) लाई नयाँ सरकारको नेतृत्व दिने सहमति भए–नभएको विषयमा सभापति सुशील कोइरालासँग जानकारी माग्ने निर्णय गरेको छ ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा एमालेलाई सरकारको नेतृत्व दिने सहमति भएको हो भने सभापतिलाई त्यस्तो अधिकार कसले दियो भन्ने प्रश्न उनीहरुले अघि सार्न लागेका हुन् । सरकार गठनका विषयमा सभापति कोइरालाले व्यक्तिगतरूपमा गरेको सहमतिलाई पार्टीको भन्न नमिल्ने भन्दै देउवानिकट नेताको भेलाले नयाँ सरकारको नेतृत्व पार्टीले नै गर्नुपर्ने ठहर गरेको छ ।

Womui
Womui