बेलहिया नाकामा झडप

40

भैरहवा, असोज २०

बेलहिया नाकामा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । नाकाबन्दी गर्न भन्दै मोर्चाका कार्यकर्ताहरु भन्सार नाका क्षेत्रमा धर्ना बस्न खोजेपछि प्रहरीले हटाउँदा झडप भएको हो ।  दशगजा क्षेत्रबाट प्रदर्शनकारीले ढुंगा बर्साएपछि नेपालका सुरक्षाकर्मी केहिबेर पछि हटेको थियो । एकछिनपछि प्रहरी अघि बढेपछि आन्दोलनकारी भारतीय भूमितर्फ भागेका छन् । धारिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दशगजामा क्षेत्रमा फेला परेका ति घाइतेको परिचय खुलेको छैन । सदभावनाका अध्यक्ष राजेन्द्र महतोले भैरहवाको क्षेत्रको आन्दोलनको नेतृत्व गरेका छन् । यसअघि भैरहवा भन्सार नाकामा धर्नाको जिम्मा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको थियो ।

Womui
Womui