काँकरभिट्टा हुँदै ३५ ट्याङ्कर तेल भित्रियो

48
झापा, असोज २०
पूर्वी नाका काँकडभिट्टा भएर मंगलबार राति र बुधबार बिहान गरेर पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारी नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मंगलबार राति ३४ र बुधबार बिहान एउटा गरी जम्मा ३५ वटा ट्यांकर नेपाल भित्रिएका छन् । नेपाल भित्रिएका ट्यांकरमध्ये पेट्रोल बोकेका १३ वटा, मट्टितेल बोकेका एक र डिजेल बोकेको २१ वटा ट्यांकर रहेका मेची पेट्रोलियम एसोसिएसन झापाका अध्यक्ष लयप्रसाद भण्डारीले जानकारी दिए ।
Womui
Womui