बाँकेका सात तिर्थ यात्रीको भारतमा मृत्यु

50

नेपालगन्ज, असोज २०–
बाँकेका ७ जना तिर्थयात्रीको भारतको पटनामा मृत्यु भएको छ । चारधाम तिर्थयात्राका लागि पुगेका उनीहरुको बस दुर्घटनामा परी मृत्यु भएको हो । मंगलबार राती करिव १० बजेतिर बिहारको पटनामा बस दुर्घटनामा परेको बताइएको छ । उक्त दुर्घटनामा ७ जनाको मृत्यु भएको पुष्टी भइसकेको बाँके, सितापुर निवासी तिर्थयात्री नरबहादुर महतराले जानकारी दिए । उनका अनुसार घाईते केहीको बिहारस्थित हरमनियामा र केहीको बनारस स्थित अस्पतालमा उपचार भइरहेकोछ । दुर्घटनामा परी मृत्यु भएका मध्ये सितापुर–५ गौघाटका भद्रबहामदुर ओलीको सनाखत भइसकेको उनले बताए । आफुलाई पनि सामान्य चोट लागेका कारण पटनास्थित एक अस्पतालमा भर्ना भएको रोकायले बताएका छन् । अधिकांस यात्रुको हात खुट्टा भाँच्चिएको बताए । बसमा करिव ५० जना नेपाली तिर्थयात्री सवार थिए ।

Womui
Womui