फागुन तेस्रो साता कांग्रेस महाधिवेसन

31

काठमाडौं, असोज २०

nepali-Congressनेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको अधिवेशनको गाउँ, नगर, निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशनको मितिसहित केन्द्रीय अधिवेशनको मिति र स्थान तय गरेको हो। बैठकले गाउँ र नगरको अधिवेशन माघ १५ गते, निर्वाचन क्षेत्रमा माघ २२ गते र जिल्ला समितिको अधिवेशन माघ २५ गतेका लागि तय गरिएको छ। त्यसपछि केन्द्रीय अधिवेशनका लागि फागुन २० गतेदेखि २३ गतेसम्मको समय तोकिएको छ।

Womui
Womui