बसले ठक्कर दिँदा १४ वर्षीया बालिकाको मृत्यु, ४ घाइते

43
नवलपरासी, असोज २०
यात्रुवाहक बसले पैदल यात्रुलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–९ मा बुटवलदेखि नारायणघाटतर्फ गइरहेको ना४ख६४०१ नम्बरको बसले बर्दघाट-१० निवासी १४ वर्षीया सरस्वती चौधरीलाई ठक्कर दिँदा उनको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनायो ।
यसैबीच उक्त दुर्घटनामा अन्य चार जना पनि घाइते भएका छन् । घाइते हुनेमा १२ वर्षीय मौसम न्युरे, १४ वर्षीय स्वीकृत श्रेष्ठ, १२ वर्षीय राहुल सुनार र बर्दघाट–१० की १४ वर्षीया सृजना चौधरी रहेका छन् भने भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Womui
Womui