मोदी कुरै गर्न चाहन्नन

146

काठमाडौं, असोज २०–
जारी नाकाबन्दीबारे नेपाली पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्न खोजेको सीधा संवाद प्रयास नयाँदिल्लीले चासो नदिँदा सफल हुन सकेको छैन । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीसँग केही दिनयता सीधा टेलिफोन संवादनिम्ति गरेको प्रयास दिल्लीकै बेवास्ताले असफल भइरहेको छ । स्रोत भन्छ– प्रधानमन्त्री मोदी यसबारे तत्काल प्रत्यक्ष संवाद गर्नै चाहन्नन् । प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र एमाओवादीको सोमबार भएको संयुक्त बैठकले निर्णय नै गरेर प्रधानमन्त्री कोइरालालाई भारतीय प्रधानमन्त्री मोदीसँग हटलाइन वार्ता गर्न भनेपछि कोइरालाले प्रयास थालेका हुन् ।
Modi
‘भारत हाम्रो महत्वपूर्ण छिमेकी हो, दुई देशबीच सधैं सम्पर्क भइरहन्छ, तर पछिल्लो समय हामीले प्रयास गर्दा पनि भारतीय उच्च नेतृत्वसँग कुरा हुन सकेको छैन,’ प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराईले नागरिकसँग भने, ‘भारतीय प्रधानमन्त्री व्यस्त रहेकाले हुनसक्छ ।’ भट्टराईका अनुसार प्रधानमन्त्री कोइरालाले आपूर्तिमन्त्रीसहित अन्य अन्य मन्त्रीहरुलाई जारी नाकाबन्दी तत्काल अन्त्य गर्ने वातावरण मिलाउन पटकपटक निर्देशन दिइसकेका छन् । आजको नागरिकमा खबर छ ।

Womui
Womui