पेट्रोल र डिजलमा कालोबजारी गर्ने पक्राउ

55

चितवन, असोज २०

नाकाबन्दीका कारण देशमा पेट्रोलियम पदार्थको हाहाकार भइरहेको बेला चितवनमा प्रहरीले भारी मात्राको पेट्रोल र डिजलसहित एक युवालाई पक्राउ गरेको छ । चितवन माडी नगरपालिका-५ बस्ने ४३ वर्षीय खुप्रसाद भट्टराईबाट १६० लिटर पेट्रोल र १४० लिटर डिजल राखेर कालो बजारी गर्दै आएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीका अनुसार उनले प्रतिलिटर रु २०० देखि रु २५० सम्म लिएर बेचेको पाइएपछि पक्राउ गरिएको हो।प्रहरीका अनुसार  भट्टराईले अवैध रुपमा जर्किन र ड्रममा पेट्रोलियम पदार्थ ल्याउने र चर्को मूल्यमा बेच्दै आएका थिए । भट्टराईले ना२च ६४४६ नम्बरको आफ्नै गाडीको प्रयोग गरी भरतपुरको दूरसञ्चार रोडमा राखी पेट्रोल बेच्ने गरेका थिए। उनलाई अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको र कालोबजारी मुद्दाअन्तर्गत कारबाही गरिने प्रहरीले जनायो ।

Womui
Womui