भारतबाट तेल नआए उत्तरबाट ल्याउँछौः राजदूत उपाध्याय

68

काठमाडौं, असोज १७

भारतले विभिन्न बहानाबाजी गर्दै पेट्रोलियम पदार्थको आपूर्तिमा अझै ढिलाइ गरे चीनबाट विकल्प खोज्न बाध्य हुने बताएका छन् । भारतीय संचार सँस्था पीटिआइसँग कुरा गर्दै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पेट्रोलियम पदार्थ ढूवानीमा ढिलाइ गरे चीनबाट आयात गर्ने धम्की दिएका हुन् । उपाध्यायले भने,‘भारतले कहिले तेल आपूर्ति गर्छ समय भन्नु पर्यो, ‘यदि सक्दैन भने हामी बाध्य भए मर्ता क्या नही कर्ता भने झै तेलका लागि हामी अन्य देशसँग कुरा गर्न बाध्य हुनेछौं ।’ हिजो मात्रै उनले नेपालमा भएको नाकाबन्दीका कारण नेपाली जनताले दुःख पाएकोमा भारतीय प्रधानमन्त्री मोदी दुखी भएको बताउँदै आजदेखि नेपालमा तेल आपूर्ति सहज हुने बताएका थिए।

Womui
Womui