शारीरिक सम्बन्ध राख्दै गरेको अवस्थामा भेट्टाएपछि श्रीमती र काकाको हत्या

64
मुगु, असोज १७
कार्कीवाडा गाविस–५ का धर्मराज बिकले आफ्नै श्रीमती र काकाको हत्या गरेका छन् । बिकले काका र श्रीमतीले अवैध शारीरिक सम्बन्ध राख्दै गरेको अवस्थामा भेट्टाएपछि बिकले पत्नी र काकाको हत्या गरेका हुन् ।
पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती पुतली र आफ्नै काका नाता पर्ने २७ वर्षीय जगेन्द्रको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। दुई जनाले छिमेकीको घरमा शारीरिक सम्बन्ध राख्दै गर्दा फेला पारेपछि जगेन्द्रलाई ४०० मिटर टाढा ताल्चा–गमगढी सडकखण्डको पाटपोटेनी भन्ने स्थानसम्म लखेटी हत्या गरेको र त्यहाँबाट घर फर्केर आई श्रीमतीको पनि हत्या गरेको धर्मराजले प्रहरीसमक्ष बयान दिएका छन्। दुवै जनाको हत्यापछि २२ महिनाको छोरो लिई धर्मराजले रातिनै ताल्चा प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरेका थिए।
Womui
Womui