क्षेत्रीय खेलकुदको कार्ययोजना सार्वजनिक

51

नेपालगन्ज, असोज १६
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले महत्वपुर्ण कार्ययोजना सार्वजनिक गरेको छ । समितिका नवनियुक्त पदाधिकारीले शनिबार पत्रकार भेटघाट गरेर १५ बुदे कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्ययोजना अन्तर्गत बर्षका उत्कृष्ठ खेलाडी प्रशिक्षक कर्मचारी जिल्ला खेल विकास समिति र खेल संघ घोषणा एवम पुरस्कृत गरिने, विभिन्न जिल्लाका कम्तीमा डेढ सय विद्यालयमा खेल मैदान निर्माण गरिने, मध्यपश्चिम क्षेत्रमा खेलकुद सञ्चार केन्द्र यसैवर्ष स्थापना गर्ने, अभिलेखिकरणको काम चुस्त दुरुस्त पारिने, खेलाडी बर्गिकरण गरी कार्ड वितरण गरिने भएको छ ।
यसैगरी मध्यपश्चिम क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुमा हुने खेल गतिविधीलाई प्रर्वद्धन गर्दै खेल पर्यटनको विकासमा लागिने, हात्तीपोलो बीच भलिबल अल्ट्रा म्याराथन क्रस कन्ट्री दौड साइक्लिङ हर्सराईडिङ प्याराग्लाइडीङ जस्ता खेलहरुको प्रर्वद्धन गरिने, स्पोर्ट्स एकेडेमी स्थापनाको कामलाई पहलकदमी गरिने, मध्यपश्चिमको खेलकुद विकासलाई मध्यनजर गर्दै पब्लिक प्राइभेट पार्टनरसीपको अवधारणालाई अगाडी बढाइने लगायत कार्ययोजना रहेका छन् ।

पत्रकार भेटघाटमा बोल्दै क्षेत्रीय खेलकुद अध्यक्ष भीम ओली ।
पत्रकार भेटघाटमा बोल्दै क्षेत्रीय खेलकुद अध्यक्ष भीम ओली ।

समितिका अध्यक्ष भीम ओलीले सार्वजनिक आफ्ना कार्ययोजनालाई चारवर्षे कार्यकाल भित्रै पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । समितिले समग्र मध्यपश्चिम क्षेत्रको खेलकुदको विकासमा ध्यान दिने उनको भनाई छ । क्षेत्रीय खेलकुद समितिले राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा विभिन्न छनोट प्रतियोगिता सञ्चालन हुने उपाध्यक्ष नरेन्द्र थापाले बताए । आगामी असोज मसान्तभित्रमा मध्यपश्चिमका सबै जिल्लाले खेलाडी छनोट गरिसक्नु पर्ने उनले बताए । यस्तै कात्तिक ११ देखि २३ गते भित्र क्षेत्रीय छनोट प्रतियोगिता सम्पन्न गर्ने समय तय गरिएको छ ।

Womui
Womui