रुपैडिहाबाट दस ट्ंयाकर पेट्रोल भित्रियो

112

नेपालगन्ज, असोज १६
भारतले अघोषित रुपमा नाकाबन्दी गरेपनि खुकुलो पारेपछि शनिबार बेलुका नेपालगन्ज नाकाबाट १० ट्यांकर पेट्रोल भित्रिएको छ । यि ट्यांकरहरु लामो समयदेखि भारतीय बजार रुपैडिहामा रोकिएका थिए । भारतीय कष्टममा राजश्व बुझाएपनि सिमा सुरक्षा बल एसएसबीले प्रवेशमा रोक लगाएपछि ट्यांकरहरु प्रवेश हुन पाएका थिएनन् ।
एसएसबीले शनिबार भने अचानक पेट्रोल ट्यांकरलाई प्रवेश हुन दिएको नेपाल आयल निगम स्रोतले जनाएको छ । बेलुका भित्रिएका १० वटा ट्यांकरहरु सिमा प्रवेश गरेर नेपालगन्ज आइसकेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख श्रीचन्द्र श्रेष्ठले पेट्रोल ट्यांकर प्रवेश गराउन धेरै संघर्ष गर्नु परेको बताएका छन् । उनले भने, ‘धेरै अनुरोध गरेर एसएसबीले प्रवेश हुन दिएको हो, अरु थुप्रै पेट्रोलियम पदार्थ बोकेका ट्यांकर रुपैडिहामा छन् ।’ लामो समयपछि पेट्रोल ट्यांकर भित्रिएपछि पेट्रोल वितरणमा केही सहज हुने व्यवसायीले आसा गरेका छन् ।
निगम प्रमुख श्रेष्ठका अनुसार नेपालगन्ज नाकाबाट भित्रिएका १८ वटा डिजल ट्यांकर(३६० किलोलिटर) राजधानी पठाइएको छ । पेट्रोलियम पदार्थको अभाव सिर्जना भएपछि स्थानीय प्रशासनको समन्वयमा निगमले वितरण प्रणाली व्यवस्थित गर्न मापदण्ड नै बनाएको छ । जस अनुसार लामो दुरिका सवारी साधनलाई फुल ट्यांकी, मध्य दुरिकालाई ५० लिटर, स्थानीय रुटकालाई २० लिटर र निजि सवारी साधनलाई तीन लिटर पेट्रोल तथा डिजल पम्पहरुले उपलब्ध गराइरहेका छन् ।

Womui
Womui