बैतडीको मेलौलीमा रहेको खोटो संकलन केन्द्रमा आगलागी,सात लाख बराबरको क्षति

47

भगीरथ अवस्थी
बैतडी, असोज १६
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको मेलौली गाविस वडा नं. १ काँडा बजार नजिकै रहेको खोटो संकलन केन्द्रमा आगलागी भएको छ । द्वारीकादेवि ठगुरानीको स्मृति प्रतिष्ठानको पछाडीतिर रहेको खोटो संकलन केन्द्रमा आगलागी भएको हो । हिमाल रोजीन कम्पनीले संकलन गरेको खोटोको टीनहरुमा आगलागी भएको प्रहरीले जनाएको छ । आगालागी कारण खोटो संकलन गरिएको करिब २५० ओटा टीन जलेर नष्ट भएका छन् भने द्वारिकादेवी स्मृति प्रतिष्ठानको भवनको बाहिरीभित्तामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । स्मृति प्रतिष्ठानभित्र रहेका कागजपत्र भने बाहिर निकाल्न सफल भएको उनले बताए। आगलागी कारण करिब ७ लाख बराबरको खोटो जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । सदरमुकाबाट दशरथचन्द नगरपालिकाको दमकल पुगेपछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने यकीन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Womui
Womui