सामान्य विवाद हुँदा पत्नीको कुटेर हत्या

32

झापा, असोज १६

झापामा एक युवकले आफ्नी पत्नीलाई कुटेर हत्या गरेका छन् । मदिरा सेवन गरेका सुनिल उराउले सामान्य घरायसी विवाद भएपछि ३५ वर्षीया चिन्द्र उराउलाई कुटेर गम्भीर घाइते बनाएका थिए । घाइते उराउको आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पत्नीलाई कुटेर हत्या गर्ने उराउलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दियो ।

 

Womui
Womui