भारतले लगाएको अघोषित नाकाबन्दी हट्ने

60

काठमाडौं, असोज १६

भारतले  दुई सातादेखि लगाउँदै आएको अघोषित नाकाबन्दी हटाउने भएको छ । भारतीय विदेश मन्त्रालयले नाकाबन्दी हटाउन सरोकारवाला निकायलाई निर्देशन दिएको विदेश मन्त्रालयका अधिकारीलाई उदृत गर्दै भारतमा रहेका नेपाली पत्रकार ऋषि धमलाले बताए।

नाकाबन्दी लगाएको स्वीकार नगरेको भारतले नेपालसँगको सीमा नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको हो । वीरगञ्जको रक्सौल भन्सारमा भने मधेसी मोर्चाको अवरोध कायमै भएकाले केही समय लाग्ने बताइएको छ ।

नेपालमा नयाँ संविधान घोषणा भएपछि असन्तुष्ट भारतले नेपाल-भारत सीमामा अवरोध गर्दै आएको थियो । जसका कारण काठमाडौंसहित देशभर इन्धन अभाव भएको छ र, जनजीवन प्रभावित भए पनि भारतले नाकाबन्दी लगाएको अस्वीकार गर्दै नेपालतर्फ भएको आन्दोलनले असुरक्षाको वातावरण सिर्जना भएकाले  नेपालमा हुने निर्यात प्रभावित भएको बताउँदै आएको छ ।

Womui
Womui