भारतले खुकुलो बनाउँदै बेलहिया र रुपैडिहा नाका

48

नेपालगन्ज, असोज १५–
आठ दिनदेखि भारतीय अघोषित नाकाबन्दीका कारण तनावपूर्ण सीमा नाकामध्ये रुपन्देहीको बेलहिया (सुनौली) र बाँकेको कोहलपुर (रुपैडिहा) नाका थप खुकुलो पारिएको छ । बुधबार १३ ट्यांकर पेट्रोलियम पदार्थ भित्रिएका यी दुई नाकाबाट बिहीबार मात्रै ३१ ट्यांकर पेट्रोलियमसहित सयौं मालवाहक सवारीसाधन नेपालतर्फ पठाइएको छ । बेलहिया नाकाबाट मात्र पेट्रोलियम पदार्थ बोकेका १८ वटा ट्यांकरसहित एक सयभन्दा बढी मालवाहक सवारीसाधन बिहीबार नेपाल छिरेका छन् । रुपैडिहाबाट पनि बिहीबार १० ट्यांकर पेट्रोलियम र तीन बुलेट एलपी ग्यास नेपाल पठाइएको छ । ‘भारतीय पक्षले चेकजाँच खुकुलो बनाउँदै लगेको छ,’ इलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज प्रहरी निरीक्षक रविनबाबु रेग्मीले भने ‘बिहीबार १८ वटा पेट्रोलियम ट्यांकरसहित एक सयभन्दा बढी मालवाहक गाडी यता आएका छन् ।’
यस्तै रुपैडिहा नाकाबाट पनि बिहीबार १० ट्यांकर पेट्रोलियम भित्रिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पेट्रोलियम पदार्थ रोकेर नेपालतर्फ पठाएका तरकारी र फलफूल नेपालगन्ज भन्सार नाका र प्रहरीले रोकेपछि बुधबारदेखि यो नाका पनि केही नाका खुकुलो पारिएको छ । नेपालतर्फबाट पनि तरकारी, फलफूललगायत आयात रोक्न थालिएपछि पेट्रोलियम पदार्थ पठाउन थालिएको हो । नेपालगन्ज भन्सार र नेपाल प्रहरीले बिहीबार तरकारी, फलफूललगायतका सवारी प्रवेशमा रोक लगाएपछि भारतीय एसएसबीले बेलुका १० ट्यांकर पेट्रोल र तीन बुलेट ग्यास छाडेको छ । बिहीबार पेट्रोल र एलपी ग्याँसका १३ गाडीसहित २५ वटा ट्रक भित्रिएको नागरिकमा खबर छ ।

Womui
Womui