भारतको झन्डा र पुत्ला जलाएर स्थितिलाई असहज नबनाऔः प्रधानमन्त्री कोइराला

104
काठमाडौं, असोज १४
imagesप्रधानमन्त्री सुशील कोइरालाले युवा र विद्यार्थीलाई संयमता अपनाउँदै भारतको झन्डा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन नगर्न आग्रह गरेका छन् । नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको अवरोध कूटनीतिक पहलबाट चाँडो खुलाउन प्रयास भइरहेको बताउँदै उनले झन्डा जलाउने र पुत्ला दहन कार्यले स्थितिलाई असहजतातर्फ लैजाने भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् । यसैबीच दुई देशको सीमा क्षेत्रमा जारी अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्याको समाधान र तराई मधेसको आन्दोलन वार्ताबाट निकास खोज्न आग्रह गर्दै आज  प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएका विभिन्न ९ विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग प्रधानमन्त्री कोइरालाले राष्ट्रियताका पक्षमा खुट्टा नकमाइ आफूले काम गर्ने बताए ।
विद्यार्थी सङ्गठनले बुझाएको ज्ञापन पत्रमा भारतले देखाएको हस्तक्षेपपूर्ण व्यवहारको आलोचना गर्दै स्थितिलाई सहज बनाउन आग्रह गरिएको थियो ।
Womui
Womui