अवैध हतियार देखाउँदै गाउँलेलाई तर्साउने पूर्व एमाओवादी एसिएम पक्राउ

50
कैलाली, असोज १४
अवैध रुपमा लुकाइछिपाइ ३ थान हतियार राखेको आरोपमा पूर्व एमाओवादीका एसिएमलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । गत असोज ११ गते जिल्लाको गदरिया गाविसस्थित बनकन्द्रीबाट ४५ वर्षीय एसिएम प्रकाश चौधरी भनिने रामप्रकाश डङगौरा थारुलाई आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो ।
नाताले मामाको छोरा पर्ने रमेश चौधरीलाई गत भदौ २१ गते भएको थरुहट आमसभामा जानका लागि ट्याक्टर नदिएको निहुँमा डङगौरा थारुले कुटपिट गरेका थिए । कुटपिट पछि जिप्रकामा रमेशले दिएको उजुरीको आधारमा ङडगौरा थारुलाई पक्राउ गरी अनुसन्धान गर्दा उनीसँग अवैध हातहतियार लुकाइ राखेको तथ्य फेला परेको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए । घर नजिकै प्लाष्टिकको बोरामा लुकाइछिपाइ राखिएको २ थान दुईनाल बाह्रवोर र एउटा इटालियन पेस्तोल देखाउँदै डङगौरा थारुले बेलाबखतमा गाउँलेलाई तर्साउने गरेको बयान गाउँलेले दिएकोले उनलाई सार्वजनिक अपराध तथा अवैध हातहतियार अन्तर्गतको महलमा मुद्दा चलाइने नायब उपरीक्षक खड्काले बताए ।
Womui
Womui