फुङलिङमा मोदीको पुत्ला दहन

35

ताप्लेजुङ, असोज १४

भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा सदरमुकाम फुङलिङमा नाराबाजी गर्दै निकालिएको र्‍यालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । यहाँका विद्यार्थी संघ/संगठनले निकालेको र्‍यालीले नगरपरिक्रमा गरी शंख बजाउँदै मोदीको पुत्ला दहन गरेका हुन् । संगठनको विरोध र्‍यालीमा अनेरास्वयवियु, युवा संघ, नेविसंघ, तरुण दल, अखिल क्रान्तिकारी, वाइसिएल तथा माओवादी विद्यार्थी संठगन सहभागी भएका थिए ।

Womui
Womui