बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

31

भगीरथ अवस्थी
बैतडी, असोज १४
भारतले आघोषित रुपमा नाकाबन्दी गरेको भन्दै त्यसको विरोधमा विद्यार्थी संघसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् । नेपालमा नयाँ संविधान जारी भएपछि भारतले अघोषित रुपमा नाकाबन्दी गरेर सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथि भारतले मिचाहा प्रवृति देखाएको उनीहरुले बताएका छन् । भारतीय हस्तक्षेपको विरोधमा सदरमुकाम गोठलापानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघका जिल्ला सचिव सुरेन्द्र प्रसाद भट्टले बताए । विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरीत भारतले देखाएको व्यवहारविरुद्ध विरोध प्रदर्शन गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष जयन्त कुवरले बताए। विरोध प्रदर्शन तथा पुत्ला दहन कार्यक्रममा विद्यार्थी संघसंगठनका पदाधिकारी,स्थानीय व्यापारी र नागरिकको सहभागिता रहेको थियो ।

Womui
Womui