मोर्चाले विरगन्जमा नेपाली च्यानल बन्द गरायो

53

विरगन्ज, असोज १३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाली टेलिभिजन च्यानल प्रसारण बन्द गराएको छ। बुधबार मोर्चाले पत्र पठाएर नेपाली टेलिभिजन च्यानल प्रसारण बन्द गर्न आग्रह गरेपछि एबिसी, माउन्टेन, सगरमाथा, हिमालयन, न्युज २४ लगायत च्यानल यहाँ बन्द भएका हुन् ।

आज (बुधबार) मोर्चाले पत्र पठाएर नेपाली टेलिभिजन बन्द गर्न आग्रह गरेकाले असुरक्षाको कारण र मधेसमा रहेको जनभावना विपरीत पनि जान नमिल्ने बताउँदै सिटी सेटलाइट केबुलका राम सर्राफले नेपाली टेलिभिजन बन्द गरेको बताए ।

हिजो मंगलबार नेपाली टिभी च्यानल बन्द गर्ने प्रेस विज्ञप्ति प्रकाशित गर्दै मोर्चाका पर्सा जनपरिचालन समिति संयोजक प्रदीप यादवले २४ घण्टे अल्टिमेटम बमोजिम बुधबार पत्र लेखेर नेपाली टेलिभिजनका च्यानल बन्द गराएका हुन्। यादवले आन्दोलनलाई बदनाम गर्ने तथा मधेसको भावना विपरीत समाचारहरुलाई बढी प्राथमिकता दिएकोले  खसभाषी च्यानल बन्द गराइएको बताए । यसका साथै मधेसबाट प्रसारण हुने नेपाली भाषी गीतसंगीतका रेडियो स्टेशनमा समेत रोक लगाउने बताए ।

अधिकार प्राप्तिको आन्दोलनमा उत्रिएको मधेस आन्दोलनले उठाएका मानवधिकारमुखी र लोकतान्त्रिक मागका लागि छिमेकी राष्ट्रले न्यायको पक्षमा बोलेकै कारण भारतीय च्यानल प्रसारण बन्द गराउने र मधेसलाई बदनाम गराउने नेपाली टिभी च्यानल किन चल्न दिने भन्दै यादवले मधेस तथा नेपालका उत्पीडित जनताको आन्दोलनलाई बद्‍नाम गराउन खोज्नेको इसारामा भएको गैरलोकतान्त्रिक र अतिवादी हर्कतको प्रतिवाद स्वरुप बाध्य भएर नेपाली भाषाका टिभी च्यानल बन्द गराएको बताए ।

Womui
Womui