उदयदेव गाविसका ५ वडा पूर्णसंस्थागत सुत्केरी वडा घोषणा

194

भगीरथ अवस्थी
बैतडी, असोज १३

photo 2
जिल्लालाई २०७४ सालभित्र पूर्णसंस्थागत सुत्केरी जिल्ला बनाउने अभियान अन्तर्गत अहिले विभिन्न गाविस तथा वडालाई पूर्णसंस्थागत सुत्केरी घोषणा गर्ने कार्य सुरु भएको छ । सोही कार्यक्रम अन्तर्गत जिल्लाको दक्षिणी क्षेत्रमा रहेको उदयदेव गाविसका ५ ओटा वडालाई पूर्र्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ ।
गत एक वर्ष यता गाविसका वडा नं ३, ४, ५, ६ र ८ मा सम्पूर्ण गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएकाले ती वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणाा गरिएको उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्र महताले जानकारी दिए । पूर्ण संस्थागत सुत्केरी हाम्रो ऐक्बद्धता, यसलाई निरन्तरता हाम्रो प्रतिबद्धता भन्ने नारासाथ ती वडालाई पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गरिएको उनले बताए । गाविस सचिव चुडामणि पनेरुको अध्यक्षता तथा जनस्वास्थ्य अधिकृत जीवन भट्ट प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गाविसभरिका महिला स्वास्थ्य स्वयम्सेविका, अन्य स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा खोप अधिकृत वीरेन्द्र भट्ट, क्षयकुष्ठ सहायक देवराज जोशी लगायतको पनि सहभागिता रहेको थियो । कुनै पनि महिलाले बच्चा जन्माउन नसकेकै कारण मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यसहित जिल्लाभर पूर्णसंस्थागत सुत्केरी अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए । सबै गाविसमा यो अभियान सञ्चालन भइरहेको र वडा वडा गरी पूर्णसंस्थागत सुरक्षित सुत्केरी अभियानलाई अगाडि बढाउने उनले बताए ।
जिल्लाको कुलाउ गाविसलाई दुई वर्ष पहिला नै देशकै पहिलो पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा गरिएको थियो ।

Womui
Womui