कागज अभावले दैनिक पत्रिका बन्द

146

विराटनगर, असोज १३

urlभारतले लगाएको अघोषित नाकाबन्दीका कारण कागज अभाव भएपछि विराटनगरबाट प्रकाशन हुँदै आएको सबै दैनिक पत्रिका बन्द गर्ने निर्णय भएको छ । सम्पादक तथा प्रकाशकको मङ्गलबार यहाँ बसेको बैठकले बुधबारदेखि सबै पत्रिका बन्द गर्ने निर्णय गरेको नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिए । विराटनगरबाट उद्घोष, उज्यालो, जन विद्रोह, दर्शन, विराटपथ र न्यू सृष्टि दैनिक प्रकाशन हुँदै आएका छन् । सम्पादक तथा प्रकाशकले मङ्गलबार जारी गरेको विज्ञप्तिमा लामो आमहडतालका कारण दैनिक पत्रिकाले आर्थिक र भौतिक क्षति बेहोरेर पनि प्रकाशनलाई निरन्तरता दिँदै आएकोमा अहिले विराटनगर बाहिर पत्रिका वितरण गर्न नसकिएको उल्लेख गरिएको छ ।

 

Womui
Womui