अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनद्वारा उदयपुरमा मोदीको पुत्ला दहन

38

उदयपुर, असोज १३

विद्यार्थीहरुले आक्रोशित हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । नेपालमा जारी नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले सीमामा अघोषित नाकाबन्दी गरेको विरोध मोदीको पुत्ला दहन गरेका हुन् ।

एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन उदयपुरले मंगलबार साँझ सदरमुकाम गाईघाटमा मोदीको पुत्ला दहन गरेको हो। प्रहरीको कडा सुरक्षा रहे पनि  उनीहरुले प्रहरीकै सामु एक कार्यक्रमको आयोजना गर्दै मोदीको पुत्ला दहन गरेका थिए । पुत्ला दहन गर्नुअघि भारतले नेपालमाथि अन्तर्राष्ट्रिय सम्झौता विपरीत नाकाबन्दी लगाएको आरोप अखिलका नेताहरुले लगाए। प्रहरीले पुत्ला दहन गर्न नदिने भनेपछि केहीबेर विद्यार्थी र प्रहरीबीच सवालजवाफ भएको थियो । स्थानीय लोकतान्त्रिक चोकमा प्रहरीको अवरोधपछि पुत्ला दहन गर्न नसकेका उनीहरुले विद्युत लाइन मुख्य सडकमा पुगेर मोदीको पुत्ला दहन गरेका थिए ।

 

Womui
Womui