थरुहट/थारुवानले सुरु गरे राजमार्ग केन्द्रित आन्दोलन

104

दाङ, असोज १३

dangथरुहट/थारुवान संयुक्त संघर्ष समितिले बुधबारदेखि तराईका २२ जिल्लामा अनिश्चितकालीन राजमार्ग केन्द्रित आन्दोलन सुरू गरेका छन्। आन्दोलनकारीले जिल्लाको सीमा क्षेत्र अमेरियादेखि भालुवाङसम्मका विभिन्न स्थानमा सडक आन्दोलन सुरु गरेका छन् । उनीहरुले देउखुरी क्षेत्रको राजमार्गमा सवारी आवतजावतमा रोक लगाएका छन् ।

साउन २७ गतेदेखि सीमाङकन विरोधमा आन्दोलन थालेका थारू समुदायले पछिल्लो समय असोज ३ मा नयाँ संविधान जारी भएकोमा पनि विरोध गर्दै आएको छ। थारु बाहुल्य क्षेत्रको छुट्टै प्रेदश बनाउनु पर्ने, थारुहरुको पहिचान र सामर्थ्यका आधारमा प्रदेशहरु निर्माण गरिनु पर्ने लगायतका माग राख्दै आएका उनीहरुले जानकारी नभएका रात्रिबसका यात्रुलाई समस्या नपरोस् भनेर बिहान ७ बजेसम्म राजमार्गमा सवारी साधन सञ्चालन गर्न दिइएको जानकारी थारुहट/थारुवान संयुक्त संघर्ष समिति दाङका क्षेत्रीय संयोजक हीरालाल चौधरीले जानकारी दिए । उनले राजमार्ग अवरुद्ध पारेपनि शैक्षिक संस्था र बजार भने सञ्चालन गर्न पाउने जानकारी दिए। राजमार्ग अवरुद्ध पार्ने केन्द्रीय कार्यक्रम अन्तर्गत बस, ट्रक, मोटरसाइकल, उद्योगधन्दा बन्द रहने उनले जानकारी दिए।

यसैबीच दाङ प्रहरी प्रमुख कुवेर कडायतले दिवा सेवाका सवारी साधन, जिप, कार, ट्रक, ट्याङकर, मोटरसाइकललगायतका  सवारी साधन आएको खण्डमा प्रहरी समय / समयमा स्कर्टिङका लागि तयारी हालतमा बसेको बताए ।

Womui
Womui