सरकारले रोक लगाए पनि बढ्दै सरोगेसी परिवारको चलहपहल

64

काठमाडौं, असोज १३

सरकारले मुलुकभित्रका अस्पतालमा भाडाका कोखमार्फत सन्तानसुख लिने सुविधामा रोक लगाइसकेको छ। राजधानीकै एक रिसोर्टमा भने अहिले पनि सरोगेसी परिवारका चहलपहल देखिन्छ।

सहरबाट केही टाढा बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा विदेशी जोडी सरोगेसी शिशु बोकेर यताउति डुलिरहेका देखिन्छन्। दुई सातादेखि अस्ट्रेलियन नागरिकको समूह यही रिसोर्टको अपार्टमेन्टमा सरोगेसी बच्चासहित छन्। तीन विदेशी पुरुष घाम लागेपछि दिउँसोको समयमा ‘कंगारु’ शैलीमा अगाडि बच्चा बोकेर अपार्टमेन्ट बाहिर निस्कन्छन् । दुईदेखि तीन साताका नवजात शिशु बोकेर उनीहरु होटल प्रांगणमा घाम ताप्दै टहलिन्छन् ।

दिउँसो उनीहरु शिशुलाई सेतो मलमल कपडाले सजिलै नदेखिने गरी छोपेर घाममै बस्छन् । शिशु बोकेका विदेशी पुरुष आआफ्ना बच्चालाई घरि खेलाउ”छन् त घरि एकअर्काको अनुहार हेरेर मुस्कुराउँछन् । केहीबेरपछि शिशुलाई लिएर उनीहरु फेरि अपार्टमेन्टमै पुग्छन् । उनीहरु बच्चासहित घाममा बसुन्जेल साथमा एक महिला पनि हुन्छिन् ।

अपार्टमेन्टमा बेडरुम, किचेन र लिभिङ रुम छ । बेलुका चमकदार बत्ती बलिरहेको हुन्छ । बच्चालाई आवश्यक पर्ने खानेकुरालगायत सबैथोक त्यही अपार्टमेन्टमा तयार हुन्छ । सरोगेसी बच्चा हुर्काउने काममा उनीहरुलाई दिउँसो आउने तिनै महिलाले सघाउने गरेको समाचार आजको नागरिक दैनिकमा छ ।

‘दिउँसोको समय विदेशीले दुई साताको सरोगेसी बच्चालाई सामान पोको पारेजस्तो गरी सेतो कपडाले छोपेर बोकेको देख्दा हामी डराउँथ्यौं,’ रिसोर्टका एक कर्मचारी भन्छन्, ‘यिनीहरु एक महिनासम्म यहीँ बसेर एजेन्ट महिलाको सहयोगबाट शिशु स्याहार गर्छन्, अनि आफ्नो देश फर्कन्छन् ।’

Womui
Womui