मोर्चाले दियो नेपाली टिभी च्यानल बन्द गर्ने चेतावनी

39

विरगन्ज, असोज १२

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाली टिभी च्यानल बन्द गर्ने चेतावनी दिएको छ । नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीको अह्वानपछि नेपालमा भारतीय टेलीभिजन च्यानल बन्द गर्ने कार्यप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त चेतावनी दिएको हो ।

मोर्चा पर्साका संयोजक जनपरिचालन समिति संयोजक प्रदीप यादवले जारी मधेस आन्दोलनलाई विश्व समुदायबाट सहयोग प्राप्त भइरहेको दाबी गर्दै  उच्छृङखल तत्वले मधेस आन्दोलनको मुद्दालाई बंग्याउन लागिपरेको बताए ।  यादवले मंगलबार पत्रकार सम्मेलन गर्दै नेत्रबिक्रम चन्दले पुष्पकमल दाहालसँग आर्थिक हिसाब नमिलेपछि पार्टी परित्याग गरेर बेग्लै संगठन निर्माण गरेको तथ्य नलुकेको बताउँदै चन्द नेतृत्वको माओवादीले नेपालमा प्रशारित भारतीय मिडिया र भारतीय सवारी साधनलाई बन्दको अाह्वान गरेको खबरले लोकतन्त्रमा जनताको स्वतन्त्रतामा अंकुश लगाउन खोजेको प्रष्ट भएको बताए । यादवले मधेश क्षेत्रमा खसहरुको भाषा नेपालीका हरेक सञ्चारमाध्यममा यहाँका जनताले प्रतिबन्ध लगाउने चेतावनी दिए। ‘नेपालमा सञ्चालित पहाडी सञ्चारमाध्ममले मधेश विरोधी मात्र समाचार सम्प्रेशण गरेको पाइए त्यस्ता सञ्चारमाध्यमलाई मधेसमा रोक लगाउने चेतावनी दिए।

Womui
Womui