नेपाल सरकारले केवल सञ्चालकसँग माग्यो २४ घण्टे स्पष्टीकरण

20

काठमाडौं¸असोज १३

सरकारले भारतीय टिभी च्यानलको प्रसारण रोकिएकोमा केवल सञ्चालकहरुलाई स्पष्टिकरण सोधेको छ । केवल सञ्चालकहरुले मंगलबार १० बजेबाट सबै भारतीय च्यानलको प्रसारण रोकेको हुँदा सूचना तथा सञ्चार मन्त्रालयले नेपाल केवल टेलिभिजन व्यवसायी संघ, नेपाल केवल टेलिभिजन महासंघ, डिस होम प्रालि तिनकुने र सिम्पल मिडिया प्रालिलाई स्पष्टिकरण सोधेको हो ।  राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा ११ मा उल्लेख भए अनुरुपका कार्यक्रम व्यवस्था मिलाउनु पर्नेमा अग्रिम सूचना निदई प्रसारण बन्द गरेको बुझिएको हुँदा त्यस संस्थालाई प्रचलित कानुन बमोजिम किन कारबाही नगर्ने ? भन्दै स्पष्टिकरण सोधिएको छ ।  २४ घण्टा भित्र स्पष्टिकरणको जवाफ दिन र प्रसारण निरन्तर सञ्चालन गर्न मन्त्रालयले निर्देश गरेको छ ।

Womui
Womui