‘जुकरवर्ग मोदीसँग मिलाएको हात धाेऊ‘

154

एजेन्सी, असोज १२

gugarbargअमेरिकामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फेसबुकका संस्थापक मार्क जुकरवर्गबीच केहीदिन अघि फेसबुक मुख्यालयमा भेटघाट भएको थियो। सो भेटमा मोदीसँग हात मिलाएको भन्दै अहिले जुकरवर्गलाई एक मानवअधिकारवादी संस्थाले मोदीसँग मिलाएको हात धुनका लागि ‘स्यानिटाइजर’ उपहार पठाएका छन्। ‘एलाइन्स फर जस्टिस एण्ड एकाउण्टबेलिटी’ संस्थाले ‘जुक वास योर ह्यान्ड’ नामक वेभसाइट नै बनाएको छ। सो संस्था सन् २००२ को गुजरात दंगामा मोदीको हात रगतमा लतपतिएको भन्दै  जुकरवर्ग हात धुन आग्रह गरेको हो। वेवसाइटका  अनुसार सयौं ‘स्यानिटाइजर’ फेसबुक मुख्यालय पुगिसकेका छन्। जुकरबर्गलाई पठाइएको ‘स्यानिटाइजर’ का हरेक बोतलमा गुजराज दंगाका पीडितको नाम लेखिएको छ । सन् २००२ मा मोदी गुजरातको मुख्यमन्त्री हुँदा हिन्दु र मुस्लिम समुदायबीच फैलिएको दंगामा एक हजारभन्दा बढी मानस मारिएका थिए भने अन्य कैयौं घाइते भएका थिए।
Womui
Womui