बाबुरामको जनकपुरमा चर्को विरोध, उनले भाषण गरेको मञ्च जलाइयो

26

जनकपुर, असोज १२

Baburam-Bhattaraiबाबुराम भट्टराईले सम्बोधन गरेको गोपाल धर्मशालाको मञ्च आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले जलाएका छन्। बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाको लागि तयार गरिएको मञ्च जलाएका हुन्। पूर्व सहमति अनुसार बाबुरामले नयाँ संविधान जलाउने प्रतीक्षामा बसेका युवाले बाबुरामको भाषण समाप्त हुनै लाग्दा संविधान नजलाएपछि आक्रमक बनेका थिए। पहिलेदेखि नै उनलाई जनकपुर प्रवेश गर्न नदिन आन्दोलनरत मधेसी मोर्चा र युवा संघर्ष समितिलगायतले उनले जनकपुरमा संविधानको प्रतिलिपि जलाउने शर्तमा आउन दिन छुट दिएको थियो। यति हुँदा पनि भट्टराई एयरपोर्टबाट जनकपुर नगरमा प्रवेश गर्ने क्रममा ठूलो भीडले कालो झण्डा देखाउँदै उनको विरोध भएको थियो। बाबुरामले नेपालीमा भाषण गर्न खोज्दा उनलाई हिन्दी वा मैथिलीमा भाषण गर्न भनिएको थियो। त्यसपछि बाबुरामले हिन्दीमा भाषण गरेका थिए।

भट्टराइले संविधान जलाउनु भन्दा संसोधन गरेर जायज मागको सुनुवाइ गर्नुपर्ने धारणा राखेका थिए। उनले नाकाबन्दी खोल्नुपर्ने र संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने बताएपछि चर्को विरोध सुरू भएको थियो। मञ्चमा भट्टराई बोलिरहँदा दर्शकदिर्घाबाट संविधान जलाउ, संविधान जलाउ भन्दै हुटिंग हुन थालेपछि उनले मन्तव्य छोट्याएर प्रहरीको सहारामा एयरपोर्ट तर्फ निस्किन भ्याए। पाँच भ्यान प्रहरीको सुरक्षाघेरामा भट्टराई धर्मशाला परिसरबाट बाहिर निस्कन सफल भए पनि आन्दोलनकारीले संविधान जलाउने सर्त स्वीकार गरेर पनि संविधान जलाउन इन्कारगरि मधेशीलाई धोका दिएको भन्दै उनका सहयोगी कार्यकर्ता रामचन्द्र झा, रामरिझन यादव र रामकुमार शर्मालाई कुटपिट गरेका छन्। उनीहरुलाई पनि प्रहरीले उद्दार गरी अहिलेसम्म नियन्त्रणमा राखेको छ।

Womui
Womui