भालुवाङ पुलमा १० लिटर पेट्रोल बोकेको मोटरसाइकलमा आगो लाग्दा नष्ट

159

दाङ, असोज १२

mOTER CYCLE AAGOजिल्लाको देउखुरीमा गुडिरहेको मोटरसाइकलमा एक्कासी आगो लाग्दा मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ । मोटरसाइकल धनी सलमान सिद्धिकीले १० लिटर पेट्रोल भरिएको जर्किन पछाडि झुन्ड्याराखेको अवस्थामा साइलेन्सरको पाइप तातिँदा उक्त जर्किनमा आगो लागेपछि मोटरसाइकलमा आगो सल्किँदा जलेर नष्ट भएको हो । भे३प५३५१ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनी जिल्लाको लालमटिया-३, भालुवाङ पुलमा पुगेपछि आगो लागेको हो । आगोले मोटरसाइकल पूर्ण रुपमा नष्ट भए पनि मोटरसाइकल धनी सिद्धिकी सकुशल रहेको इलाका प्रहरी कार्यालयले जानकारी दियो ।

Womui
Womui