नेपालमा नयाँ संविधान जारी भएकोमा अमेरिकी राष्ट्रपतिद्वारा बधाई

97

काठमाडौं, असोज १२

barak obamaनेपालमा नयाँ संविधान जारी भएकोमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले बधाई एवम् शुभकामना दिएका छन् । नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको बताउँदै ओबामाले राष्ट्रसङ्घको ७० औँ महासभामा सहभागी हुन पुगेका सरकार प्रमुखहरुको सम्मानमा आयोजना गरिएको रात्रिभोजमा नेपाललाई बधाई एवम् शुभकामना दिएका हुन् ।

ओबामाले नेपाली प्रतिनिधि मण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई नेपालमा लोकतान्त्रिक समावेशी संविधान जारी भएकोमा बधाई तथा शुभकामना दिएका थिए । उपप्रधानमन्त्री सिंहले राजनीतिक दलको सहमतिमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएको र दलहरुको सहमतिमा यसको कार्यान्वयन गरिने बताएका थिए । यसैगरी, राष्ट्रपति ओबामाले राष्ट्रसङ्घका महासचिव वानकी मुनले आयोजना गरेको विश्वका नेताहरु सम्मिलित शान्ति सम्मेलनका अवसरमा पनि उपप्रधानमन्त्री सिंहलाई नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा राम्रो काम भएको भन्दै खुसी प्रकट गरे।

Womui
Womui