भारतको विरोधमा प्रधानमन्त्री मोदीको पुत्लासँगै झण्डा जलाइयो

129

पोखरा, असोज १२

पोखरामा विद्यार्थीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र झण्डा जलाएका छन्। नेपालको आन्तरिक मामिलामा दख्खल पुर्‍याएको भन्दै संयुक्त आन्दोलन विद्यार्थी समिति कास्कीले पोखराको भारतीय पेन्सन क्याम्प अगाडि नरेन्द्र मोदीको पुत्ला जाएका थिए भने भारतीय झण्डा समेत जलाएको छन्। उनीहरुले अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालमा अघोषित नाकाबन्दी गरेको विरोधमा पुत्ला र झण्डा जलाएका थिए । पुत्ला र झण्डा जलाउनु अगि उनीहरूले भारतीय विस्तारवाद मुर्दावाद, नेपाली भूमिमा भारतीय रबैया बन्द गर, नेपाली स्वाभीमान झुकाउने मधेशवादी दलको आन्दोलन फिर्ता गर, सबै नेपाली एक हौंलगायतका नारा लगाएका थिए।

Womui
Womui