भारतले गरेको नाकाबन्दी विरोधमा सयौं युवा सडकमा उत्रिए

49

दाङ, असोज १२

भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा जिल्लाका युवाहरू सडकमा उत्रिएका छन्। सडकमा उत्रिएका सयौ युवाको जमातले भारत विरुद्ध विभिन्न नाराबाजी लगाउँदै घोराहीका विभिन्न स्थानको परिक्रमा गरेको थियो । अन्तमा घोराहीको सहिद गेटबाट सुरु भएको र्‍याली पुनः सहिद गेटमा पुगी कोण सभामा परिणत भएको थियो । समृद्ध दाङ समुन्नत नेपालको आयोजनामा निकालिएको  विरोध र्‍यालीमा नाकाबन्दी खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद, मोदी सरकार होसियार, पारवहान सन्धी लागू गरलगायतका नारा लगाइएको थियो । कोण सभामा बोल्दै यहाँका युवाहरुले भारतले नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेप र त्यसो नगर्न चेतावनी दिएका थिए । त्यस्तै सोमबार दाङको घोराहीमा भारतीय प्रधानमन्त्रीको पुत्ला जलाइएको थियो।

Womui
Womui