सेनालाई कारागार र राँझा बिमानस्थलको सुरक्षा जिम्मा

110

नेपालगन्ज, असोज १२–
बाँकेस्थित नेपालगन्ज कारागार र राँझा बिमानस्थल सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । मधेसी मोर्चाले गरेको आन्दोलनमा भारतले गरेको अदृश्य सहयोगलाई मध्यनजर गर्दै सरकारले दुई सम्वेदनशिल ठाउँको सुरक्षा जिम्मा सेनालाई दिएको हो । यि ठाउँमा नेपाली सेनाको एउटा टुकुडीले दुईदिन देखि सुरक्षा जिम्मा सम्हालिसकेको छ ।

aकारागारका जेलर श्यामलाल लामिछानेले सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गर्दै सेनाले जिम्मा लिएको बताए । ‘आन्दोलनका कारण प्रहरीले मात्रै कारागारको सुरक्षा गर्न असम्भव छ, तसर्थ सेनालाई सुरक्षा जिम्मेवारी दिइएको हो ।’

Womui
Womui