भारतीय हस्तक्षेपको बढ्दो बिरोध, मोदीको पुत्ला दहन

41

नेपालगन्ज, असोज ११–
भारतीय हस्तक्षेप विरुद्ध सोमबार नेपालगन्जमा पुत्ला दहन गरिएको छ । आफ्नो अनुकुल संविधान नबनाएको प्रतिशोधमा भारतले नेपालमाथि नाकाबन्दी गरेको भन्दै “ब्याक अफ इण्डिया” अभियान अन्तर्गत युवा, बिद्यार्थीले स्थानीय धम्बोझी चोकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन् । नेपालगन्जको विपी चोकबाट निस्केको युवा, बिद्यार्थीको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात धम्बोझीमा पुगेर कोण सभामा परिणत भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिदै ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिदै ।

कोण सभालाई विभिन्न बिद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए । सो क्रममा युवा, बिद्यार्थीले भूपरिवेष्ठित राष्ट्रमा नाकाबन्दी लगाएर भारतले मानवता विरोधी अपराध गरेको भन्दै उनीहरुले तत्काल नाका खुलाउन माग गरे । भारतले नाकाबन्दी गरेर अन्र्तराष्ट्रिय नियम, कानुनको बर्खिलाप गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष मोहित शाहले चेतावनी दिए । उनले भने, ‘महान चाड दशैको मुखमा अघोषित नाकाबन्दीले नेपाललाई मात्र नभएर भारतलाई पनि हानी भइरहेको छ, कुटनितिज्ञ तवरले समस्या समाधान गर्न जरुरी छ,’ उनले भने ।
भारतलाई सचेत गराउन गरिएको यो आन्दोलनलाई अझ सशक्त रुपमा अगाडी बढाउने शाहले चेतावनी दिए । नेपाल स्वतन्त्र र स्वाभिमान राष्ट्र भएको भन्दै भारतको भन्दा नेपालको संविधान सयौं गुणा राम्रो भएको उनले दाबी गरे ।

युवा, बिद्यार्थीले सोमबार नेपालगन्जमा गरेको प्रर्दशन ।
युवा, बिद्यार्थीले सोमबार नेपालगन्जमा गरेको प्रर्दशन ।

एकिकृत नेकपा माओबादी निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष भिमराज खरेलले आफूलाई असल छिमेकी भन्ने भारतले नेपालको स्वतन्त्रतामा हस्तक्षेप गरेका कारण सडकमा आउन बाध्य भएको बताए । भारतले गोर्खालीको योगदानलाई बिर्सन नहुने बताए ।  बैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष धर्म बडुवालले भारतले नेपालमाथी गरेको यस्तो हस्तक्षेप सह्य नहुने भन्दै खुलेर सामना गर्न तयार रहेको चेतावनी दिए । भारतले आफ्नो नाकाबन्दी फिर्ता नगरेर नेपाल र नेपालीलाई दमन गरिरहे भारतमै गएर बिद्रोह गर्ने चेतावनी दिए । ‘हामी आफ्नो देशको समस्या आफै समाधान गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं भन्ने नाराका साथ नेपालगन्जमा आइतबारबाट भारतविरुद्ध बिरोध प्रर्दशन सुरु गरिएको हो । भारतीय हस्तक्षेपको बिरोधमा सोमबार बर्दिया, धनगढी, इटहरी, झापा, काठमाडौं, लगायत स्थानमा पनि प्रर्दशन भएका छन् ।

Womui
Womui