भारतीय हस्तक्षेप विरुद्ध गुलरियामा र्‍याली

40

बर्दिया, असोज ११

सदरमुकाम गुलरियामा भारतविरुद्ध प्रदर्शन गर्दै नगर परिक्रमा गरेका छन् । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा स‌ंयुक्त विद्यार्थी संगठनको आयोजनामा निकालिएको र्‍यालीले भारतविरुद्ध नाराबाजी लगाउँदै नगर परिक्रमा गरेका हुन् ।

भारतीय विस्तारबादको नेपाल खाने दाउ, त्यो दाउँलाई उल्ट्याइँ दिन सबै जुटौं सबै आऔं भन्ने मूल नारासाथ निकालिएको र्‍याली बंगलामुखी स्कुल हुँदै राधा कृष्ण चोकमा पुगी कोण सभामा परिणत भएको थियो। भारतीय हस्तक्षेप बन्द गर, मित्रतालाई निरन्तरता देऊ, भारत सरकार मुर्दाबादलगायतका नारा र्‍यालीमा सहभागीले लगाएका थिए ।

Womui
Womui