पेट्रोलियम पदार्थ बोकेका १२० ट्याङकर जोगवनीमा अलपत्र

45

मोरङ, असोज ११

जिल्लाको जोगवनी नाकामा पेट्रोलियम पदार्थ बोकेका १२० ट्याङकर रोकिएका छन् । भारतीय भन्सारले जाँच पास नगर्दा उक्त ट्याङकर त्यहाँ रोकिएका हुन् । भारतको वरौनीदेखि पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करलाई भारतीय पक्षले रोकेपछि १४ लाख ६० हजार लिटर डिजेल तथा पाँच लाख ८४ हजार लिटर पेट्रोल बोकेका ट्याङ्कर जोगवनी नाकामा रोकिएको नेपाल आयाल निगम क्षेत्रीय कार्यालयले जानकारी दिएको छ । उक्त मात्राको पेट्रोल आयत नहुँदा पूर्वाञ्चलमा डिपोमा पेट्रोलियमको मौज्दात सकिँदा समस्या उत्पन्न भएको छ ।
भारतीय पक्षबाट भन्सार जाँच पास नगर्दा मालसामान बोकेका झन्डै दुई हजार ट्रक र अन्य सवारी जोगवनीमा अलपत्र परेको विराटनगर भन्सार कार्यलयले जानकारी दियो ।

Womui
Womui