हिन्दी भाषी श्रव्यदृश्य बन्द

49

नवलपरासी, असोज ११

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विराेधमा जिल्लाका रेडियो स्टेशन र टेलिभिनजले हिन्दी गीत, चलचित्र तथा कार्यक्रम सोमबारदेखि बन्द गरेका छन् । भारतीय हस्तक्षेपविरुद्ध जिल्लामा चर्को विरोध हुन थालेपछि रेडियो र टेलिभिजनमा हिन्दी गीत, हिन्दी कार्यक्रम र हिन्दी चलचित्र बन्द गरिएको हो । यहाँ आठ वटा रेडियो र तीन वटा स्थानीय टेलिभिजन सञ्चालनमा छन् । तर केबुल लाइनबाट प्रसारण हुने हिन्दी च्यानलहरु भने अझै बन्द गरिएको छैन । चितवनमा आइतबारदेखि नै हिन्दी भाषाका टिभि च्यानलको प्रसारण बन्द गरिएको छ ।

Womui
Womui