टीकापुरमा खटिएका सेना आज ब्यारेक फिर्ता

88

कैलाली, असोज ११–
कैलालीको टिकापुरमा खटिएको नेपाली सेना आज ब्यारेकमा फिर्ता हुने भएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सरकारको निर्णय अनुसार कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा एक महिना अघि सेना खटिएको थियो । सुरक्षा स्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको लिखित अनुरोधमा आज नेपाली सेना व्यारेक फिर्ता हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।Tikapur-Kailali1

टीकापुरमा गत भदौ ७ गते ८ जना प्रहरी र एक बालकको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले टीकापुर नगरपालिका, त्रिशक्ति नगरपालिकासहित आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्नुका साथै दंगाग्रस्त क्षेत्रसमेत घोषणा गरी सेना खटाएको थियो । ती क्षेत्रमा घोषणा गरिएको दंगाग्रस्त क्षेत्र भने यही असोज ६ गते राति १२ बजेदेखि हटाइएको थियो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाबाट सहयोग लिइएकोमा आजबाट व्यारेक फिर्ता हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । टीकापुरमा जारी निषेधाज्ञा आज बिहान ५ बजेदेखि अपरान्ह ५ बजेसम्मका लागि हटाइएको प्रशासनले जानकारी दिएको छ ।

Womui
Womui