ब्याडमिन्टन संघको सम्मान

134

नेपालगन्ज, असोज ११–
विभिन्न क्षेत्रबाट ब्याडमिन्टन खेलमा महत्वपुर्ण योगदान पु¥याए वापत सम्मान गरिएको छ । तेस्रो स्वर्गीय डा.मनोज रावल स्मृती जिल्लाब्यापी स्कुल स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा समापनको अवसरमा बाँके जिल्ला ब्याडमिन्टन संघले उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा पत्रकारिता क्षेत्रबाट पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् दैनिक नेपालगन्जका प्रकाशक तथा सम्पादक झलक गैरे र नागरिक दैनिकका संवाददाता अर्जुन ओली, स्वास्थ्य क्षेत्रबाट डा. कुमार शाह, खेलकुद क्षेत्रबाट अकलबहादुर बम, सामाजिक क्षेत्रका बिबेक श्रेष्ठ लगायतलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वलाई सम्मान पत्र सहित कार्यक्रमका प्रमुख अतिथी र अतिथीहरुले खादा ओढाएर सम्मान गरे ।

नागरिक दैनिकका पत्रकार अर्जुन ओलीलाई सम्मान गरिदै ।
नागरिक दैनिकका पत्रकार अर्जुन ओलीलाई सम्मान गरिदै ।
Womui
Womui