ब्याडमिन्टनमा समिक्षालाई दोहोरो स्वर्ण

116

नेपालगन्ज, असोज ११–
तेस्रो स्वर्गीय डा.मनोज रावल स्मृती जिल्लाब्यापी स्कुल स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा समिक्षा न्यौपानेले दोहोरो स्वर्ण पदक जितेकी छिन् । अन्डर १३ र १५ छात्रामा दुई स्वर्ण जितेकी हुन् । अन्डर १३ मा फाईनमा रचना क्षेत्री र अन्डर १५ मा सिम्रन पुनलाई हराउँदै उनले दुई स्वार्ण जितकी हुन् ।

दोहोरो स्वर्ण पदक जित्न सफल समिक्षा न्यौपाने ।
दोहोरो स्वर्ण पदक जित्न सफल समिक्षा न्यौपाने ।

पराजित क्षेत्री र पुनले रजत पदकमै चित्त बुझाएका छन् । अन्डर १३ मा पुजा लामा र कृतिका भण्डारीले काँस्य पदक जितिन् भने अन्डर १५ मा भुमिका गुरुङ र प्राज्ञा श्रेष्ठले काँस्य पदक पाए । बाँके जिल्ला ब्याडमिन्टन संघ र दमयन्ती फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको अन्डर १३ छात्रमा सफल थापाले स्वर्ण जिते । बिशाल केसीले रजत पदक प्राप्त गर्दा सगुन केसी र अभिशेक शर्माले काँस्य पदकमा चित्त बुझाए ।
अन्डर १५ मा शिव थापाले स्वर्ण जितेका छन् गोबिन्द न्यौपानेले रजत पदक प्राप्त गरे भने सफल थापा र विशाल केसीले काँस्य पदक प्राप्त गरे ।प्लस टु तर्फ छात्रामा तिला न्यौपानेले स्वर्ण, कामना ओलीले रजत र श्रीयासी गौतम र प्रकृति श्रेष्ठले काँस्य पाए । प्लस टु तर्फ छात्रमा रियाज अन्सारीले स्वार्ण पाए । सरोज अन्सारी रजतमा पदक जिते । अतिस थापा र प्रकाश माझीले काँस्य पदक जिते । स्कुल तर्फ ज्ञानोदय विद्या निकेतनले उपाधि हात पारेको छ । उसले स्वर्ण रजत र काँस्य सबै पदक प्राप्त गरेको छ ।
सिनियर खुल्ला डबलर्समा अभय श्रेष्ठ र गोविन्द श्रेष्ठको जोडीले स्वार्ण जिते । कृष्ण खड्का र गोविन्द न्यौपानेको जोडीले रजत जिते भने टेकराज प्याकुरेल र धन्नजय खड्का तथा मिनबहादुर मल्ल र रामप्रसाद भुसालको जोडीले काँस्य जितेको बाँके जिल्ला ब्याडमिन्टन संघका सचिब अनिल लाखेले जानकारी दिए । प्रतियोगितामा बाँकेका दुई सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताका बिजयी खेलाडीहरुलाई मध्यपश्चिम खेलकुद बिकास समितिका अध्यक्ष भीम ओली, ब्याडमिन्टन संघका उपाध्यक्ष संजय थापा,केन्द्रिय सदस्य रोहित टण्डन, दंगाका एसपी अजय भटट्राई लगायतले पुरस्कार वितरण गरे ।

Womui
Womui