भारती टिभी च्यानल, गाडीमा विप्लव माओवादीले रोक लगाउने

117

काठमाडौं, असोज १०

नेपालमा भारतीय भाषामा प्रशारण हुँदै आएका टिभी च्यानल, चलचित्र र भारतीय नम्बर प्लेटको गाडीमा विप्लव माओवादीले रोक लगाउने भएको छ । भारतले नेपाललाई गरेको हेपाहा प्रवृत्ति स्वरुप नेपालमा लगाइएको नाकाबन्दीविरुद्ध विप्लव नेतृत्वको नेकपा माओवादीले आन्दोलन स्वरुप यसो गर्ने भएको हो । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्तिमार्फत् भारतविरुद्ध विभिन्न कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यक्रम अन्तर्गत सोमबारबाट नेपालभित्र कुनै पनि भारतीय नम्बर प्लेटको गाडी चल्न नदिने, चलचित्र र विज्ञापनसमेत बन्द गर्ने, भारतीय टेलिभिजन च्यानलमा रोक लगाउनेलगायतका छन् । नाकाबन्दी लगाएको कारण आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएकाले बैकल्पिक आपूर्ति व्यवस्थाको लागि पहल गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गरी आन्तरिक आपूर्तिलाई सहज बनाउने र नाकाबन्दीका विरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम प्रेस विज्ञप्तिमा उल्लेख छ ।

bigappati

Womui
Womui