हिन्दी भाषीका सबै श्रव्यदृश्य प्रशारण बन्द गर्न अनेरास्ववियुको ५ दिने अल्टिमेटम

46

नवलपरासी, असोज १०

जिल्लामा हिन्दी भाषीका सबै श्रव्यदृश्य प्रशारण बन्द गर्न अनेरास्ववियुले ५ दिने अल्टिमेटम दिएको छ । आइतबार एक विज्ञप्ति निकाल्दै अनेरास्ववियु नवलपरासीले केवल टिभी, रेडियो, सिनेमा हलका सञ्चालकलाई ५ दिने अल्टिमेटम दिएको हो । अनेरास्ववियु नवलपरासीका अध्यक्ष मदन गिरीको हस्ताक्षरित विज्ञप्तिमा भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै त्यसविरुद्ध हिन्दी गीत, कार्यक्रम र चलचित्र प्रसारण बन्द गर्न आग्रह गरेको उल्लेख छ ।

Womui
Womui