हस्क्षेपको विराेधमा भारतीय टिभी च्यानल प्रशारण बन्द

32

चितवन, असोज १०

जिल्लाका केबुल टेलिभिजन सञ्चालकले भारतीय टिभी च्यानलको प्रशारण बन्द गरेका छन् । नेपालमा भारतीय हस्तक्षेपको विरोध गर्दै केवुल टिभी र सीम टिभीले सबै भारतीय टेलिभिजन च्यानलहरू बन्द गरेका हुन् । शनिबारदेखि भारतीय समाचारमूलक, मनोरञ्जनात्मक तथा हिन्दी भाषा प्रयोग भएर प्रसारण हुने सबै भारतीय टेलिभिजनको प्रसारण बन्द छन् ।

विद्यार्थी संगठनहरुले जिल्लाका सबै केबुल टिभी तथा सीम टिभीबाट भारती टेलिभिजन च्यानल प्रसारण नगर्न शनिबार १२ बजेसम्मको अल्टिमेटम दिएका थिए । सोही अल्टिमेटमअनुसार भारतीय च्यानलको प्रसारण रोकिएको हो ।

 

 

 

Womui
Womui